बैंकक, २४ मङ्सिर/एएफपी

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले म्यानमाको जुन्ता सरकारको निन्दा गरेको छ, जसलाई वाशिङ्टनले एक अस्तव्यस्त मध्य क्षेत्रमा बालबालिकासहित ११ गाउँलेको हत्याको विश्वसनीय र पीडादायी रिपोर्टको रूपमा वर्णन गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालय र संयुक्त राष्ट्रसङ्घका महासचिवको विज्ञप्ति अनुसार स्थानीय सञ्चारमाध्यम र बासिन्दाहरूले सैनिकहरूले सागिङ क्षेत्रको डोनटाव गाउँबाट ११ जना मानिसलाई बारीमा पसेर नियन्त्रणमा लिएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले देशको पुरानो नाम प्रयोग गर्दै बिहीवार भने, “बर्मी सेनाले उत्तरपश्चिम बर्मामा बालबालिकासहित ११ जना गाउँलेलाई बाँधेर जिउँदै जलाएको भन्ने विश्वसनीय र पीडादायी रिपोर्टहरूबाट हामी आक्रोशित छौं ।”

१० महीनाअघि आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको म्यानमाको जुन्ताले उक्त दाबीलाई अस्वीकार गरेको छ । राज्यसमर्थित ग्लोबल न्यू लाइट अफ म्यान्मा अखबारले शुक्रवार रिपोर्टहरू नक्कली समाचार र स्थानीय र अन्तर्राष्ट्रियजगत्को षड्यन्त्रको प्रमाण मात्र भएको बताएको छ ।

यसैबीच, आफ्नो नाम नछाप्ने शर्तमा एक बासिन्दाले एएफपीलाई भने– उनीहरूले हात बाँधिएका शवहरूबाट धूवाँ आइरहेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा जमीनमा धेरै नराम्ररी जलेको शव देख्न सकिन्छ । “यसले हामी सबैलाई दुख्छ … तिनीहरू मानव देखिंदैनन्,” क्लिपमा एक दर्दनाक आवाज सुनिन्छ ।

यसैबीच, डेमोक्रेटिक भ्वाइस अफ बर्मा आउटलेटले पनि गाउँलेहरूले जुन्ता सेनामाथि आक्रमण गरेपछि भाग्न नसकेका गाउँलेहरूलाई कब्जा गरेको रिपोर्ट गरेको छ । सागाङ क्षेत्रमा नियमित झडप हुने गरेको छ । अर्का डोन्टाउका बासिन्दाले एएफपीलाई भने अनुसार ११ जनालाई गाउँको पश्चिमतर्फको गुम्बानजीकै लुकेर बसेको बेला गिरफ्तार गरिएको थियो र उनीहरूलाई सैनिकहरूले लगेका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले बुधवार बताए अनुसार कथितरूपमा सेनाले गोली हानेर जलाइएका ११ व्यक्तिको भयानक हत्याको रिपोर्टबाट चिन्तित बनाएको
छ । विश्वसनीय रिपोर्ट अनुसार मारिएका व्यक्तिहरूमा पाँचजना बालबालिका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here