प्रस, वीरगंज, २४ मङ्सिर/

श्रीसिया नदी प्रदूषणमुक्त अभियानको शुक्रवार बैठक बसेको थियो । अभियानका अध्यक्ष सुरेन्द्र कुर्मीको अध्यक्षतामा बसेकोे बैठकले जागरण अभियानलाई निरन्तरता दिंदै पुस ९ गते घण्टाघरमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

अन्तत्र्रिmयामा सांसद, मुख्यमन्त्री, विधायक, जनप्रतिनिधि, वीरगंज उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई अन्तक्रियामा सहभागी गराउने निर्णय भएको बृजेश्वरप्रसाद चौधरीले जानकारी गराए ।

बैठकमा दीपेन्द्रसिंह पटेल, ओमप्रकाश सर्राफ, प्रकाश थारू, हरेन्द्र पटेल, अभिषेक तिवारी, अशोक श्रीवास्तव, मनोज मिश्र, पत्रकार युवराज खड्कालगायतका सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here