प्रस, निजगढ, २३ मङ्सिर/

निजगढ नपा–९ स्थित शहीद हीरालाल रङ्गशालामा धूलो उडेको भन्दै आसपासका क्रसर उद्योगहरूले धूलो नियन्त्रण गर्नुपर्ने माग राखिएको छ । क्रसर उद्योगहरूका बीचमा फूटबल मैदान निर्माण गरेसँगै वर्षौअघिदेखि यहाँ खेल्न आउने खेलाडीहरूले धूलोको सास्ती खेप्दै आइरहेका छन् ।

मेयर कप फूटबल प्रतियोगिता सञ्चालन भइरहँदा पनि एकथरी क्रसर उद्योगीहरूले क्रसर चलाउँदै आइरहेका छन् । स्वास्थ्यका लागि खेलकूद भनिए पनि यस शहीद हीरालाल रङ्गशालामा फूटबललगायत अन्य खेल खेल्न आउने र हेर्न आउने दर्शकहरूले क्रसर उद्योगबाट उडेका धूलो र रङ्गशाला आसपासमा थुपारिएका नदीजन्य पदार्थ र खोलाबाट ल्याइएका नदीजन्य पदार्थ थुपार्न प्रयोग गरिएका सवारीसाधनले उठाएको धूलोले रङ्गशाला ढाकिने गरेको छ ।

बिहीवार निजगढ नपा–९ का अध्यक्ष सुदर्शनप्रसाद बडालको अध्यक्षतामा बसको भेलाले क्रसर उद्योगबाट उत्पादित टेन डाउन गिट्टी सार्वजनिक स्थानमा जथाभावी फयाँक्दै आए पनि क्रसर उद्योगले नै उचित व्यवस्थापन गर्नुपर्ने, सो रङ्गशालाबाट ५० मिटर वरपरबाट बाटो व्यवस्थित गर्ने, रङ्गशालाको कम्पाउन्डदेखि ५० मिटरभित्र कुनै पनि नदीजन्य पदार्थ राख्न नपाइने, उक्त रङ्गशाला वरिपरि धूलो उड्न नदिन पानी हाल्नुपर्ने निर्णय गरिएको छ ।

उक्त निर्णय कार्यावन्यन गर्न गराउन निजगढ फूटबल क्लबका पदाधिकारी, खेलाडी, क्रसर उद्योगका प्रतिनिधि, निजगढ नपा कार्यपालिका सदस्य, जनप्रनिधिहरूको रोहबरमा सो निर्णय गरी समस्या समाधान गर्ने सहमति भएको निजगढ नपा–९ का सदस्य जगतबहादुर न्यौपानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here