प्रस, वीरगंज, २३ मङ्सिर/
वीरगंज महानगरपालिका–१४ बहुअरीस्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटल र सिटिजेन्स बैंक इन्टरनेशनल प्राइभेट लिमिटेड वीरगंज शाखाबीच बिहीवार सम्झौता भएको छ ।
सिटिजेन्स बैंक इन्टरनेशनल प्राइभेट लिमिटेड वीरगंज शाखामा खाता रहेका सेवाग्राहीले अब स्पर्श मल्टी हस्पिटलमा उपचार गराउँदा विभिन्न चेकचाँच र उपचारमा छुट दिनेबारे सम्झौता भएको सो बैंकले जनाएको छ ।
अस्पताल कार्यालयमा भएको सम्झौतामा बैंकका तर्फबाट सिटिजेन्स बैंकका प्रदेश २ दिवस सिंह ठकुरी, वीरगंज शाखा प्रमुख सन्नी खतिवडा र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक डा निमेश पाल साथै हस्पिटलका व्यवस्थापक सन्तोष शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त बैंकका सेवाग्राहीले सो अस्पतालमा उपचार गराए विभिन्न चेकजाँच एवं उपचारमा १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट पाउने सम्झौता भएको बैंकका वीरगंज शाखा प्रमुख सन्नी खतिवडाले जानकारी दिए । सम्झौता अनुसार ओपिडि टिकटमा १० प्रतिशत, ल्याब चेकजाँचमा १० प्रतिशत, बेड चार्जमा १५ प्रतिशत, नर्सिङ केयरमा २५ प्रतिशत र निवारण स्वास्थ्य जाँच १० प्रतिशतसम्म छुट हुने उनले बताए । उक्त सम्झौताआजदेखि नै लागू भएको अस्पतालले जनाएको छ ।
सिटिजेन्स बैंक ईन्टरनेशनल प्रा लि वीरगज शाखामा २५ हजारभन्दा बढी सक्रिय सेवाग्राही छन् ।