प्रस, वीरगंज, २२ मङ्सिर/

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधवार सामुदायिक सेवा केन्द्र, छपकैया र माइती नेपाल, पर्साको संयुक्त आयोजनामा बालविवाह, दाइजोप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगर–२ छपकैयास्थित ग्रीनल्यान्ड बोर्डिङ स्कूलमा आयोजित कार्यक्रमको पर्सा प्रहरीका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले उद्घाटन गरेका थिए । सो अवसरमा उनले बालविवाह, दाइजोप्रथा र लैङ्गिक हिंसासम्बन्धी कानूनी कारबाई, सजायका बारेमा विद्यार्थीहरूलाई बताए ।

प्रनाउ खनालले लिङ्गको आधारमा गरिने कुनै पनि प्रकारका हिंसा लैङ्गिक हिंसा हुने र सोविरुद्ध चुप लागेर नबस्न सुझाए । उनले कानूनमा बीस वर्ष उमेर पुगेपछि विवाह गर्न पाउने प्रावधान रहेको र सोभन्दा कम उमेरका वैवाहिक कार्यक्रम गर्ने, गराउनेविरुद्ध सूचना दिन र त्यस्ताहरूलाई कारबाई गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रनि शोभेन्द्रविक्रम राणा, ग्रीनल्यान्ड बोर्डिड्ढा निर्देशक उपेन्द्र पण्डित, माइती नेपाल पर्साकी संयोजक सङ्गीता पुरी, वीरगंज मेट्रो हस्पिटलकी साधना चौरसिया, सामुदायिक सेवा केन्द्र, छपकैयाका सचिव प्रवीणविक्रम शाह, ज्याउल हक समानी, धीरज शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष प्रेमाकुमारी सिंहले स्वागत र सदस्य अजित भुजेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here