प्रस, जीतपुर, २२ मङ्सिर/

अन्तर विद्यालयस्तरीय फूटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, अमलेखगंज र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा विजयी भएका छन् ।

ग्रासरूट फाउन्डेशन, सिमराको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेरामावि, अमलेखगंजले लोटस एकेडेमी, सिमरामाथी ३–१ गोलअन्तरको जीत हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमलेखगंजका ब्रिजन नेपालले दुई गोल गरेका थिए भने अर्को एक गोल अमलेखगंजले आत्मघाती उपहार पाएको थियो । सो खेलमा ‘म्यान अफ दी म्याच’ ब्रिजन नेपाल घोषित भएका थिए ।

आजै सम्पन्न दोस्रो खेलमा नेरामावि, सिमराले अक्षरा पाठशाला, सिमरालाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सो खेलमा ‘म्यान अफ दी म्याच’ अक्षराका गोलरक्षक सञ्जय थापा घोषित भए ।

भोलिको पहिलो खेल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, डुमरवाना र सिमरा पब्लिक इङ्ग्लिश स्कूलबीच हुने छ भने दोस्रो खेल राष्ट्रिय विभूति शिक्षा सदन स्कूल, रजघट्टा र नोबेल एकेडेमी, सिमराबीच हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here