शोधकर्ताको टीमले एउटा च्युइङ्ग गम विकसित गरेका छन्, जुन बोटबिरुवाको प्रोटीनको माध्यमबाट सार्स–कोभ–२ भाइरसलाई ट्रैप गर्ने काम गर्छ र यसको ट्रान्समिशनलाई पनि नियन्त्रित गर्छ ।

मोलिक्युलर थेरापी जर्नलमा प्रकाशित अध्ययन अनुसार कोरोना भाइरसको खोप लगाइसकेकाहरूले अहिले पनि अन्य व्यक्तिलाई सङ्क्रमित गर्छन्, जसले खोप लगाएका छैनन् । सार्स–कोभ–२ सलाइवाको माध्यमबाट रेप्लिकेट हुन्छ । जब कोही सङ्क्रमित व्यक्तिले हाछ्यूँ गर्छ, खोक्छ वा बोल्छ, तब उसको माध्यमबाट कोरोना भाइरस अन्य व्यक्तिसम्म पुग्न सक्छ । अमेरिकामा मोलिक्युलर थेरापीमा प्रकाशित अध्ययनको नेतृत्व गर्ने डेनियलले भने, यो च्युइङ्ग गमले ¥यालमा रहेका भाइरसलाई बेअसर गर्न सक्छ, जसबाट हामीले रोगलाई पैmलाउन कम गर्ने सजिलो तरीका थाहा पाएका छौं ।

महामारीभन्दा पहिले डेनियल उच्च रक्तचापको उपचारको सन्दर्भमा एन्जियोटेन्सिन–परिवर्तित एन्जाइम २ (एसिई २) प्रोटीनमाथि अध्ययन गरेका थिए । उनको ल्याबले नै यस प्रोटीनको विकसित गरेको थियो । पछिल्लो शोध अनुसार एसिई २ को गम्भीर सङ्क्रमितमा भाइरल लोडलाई कम गर्न सक्थ्यो । वैज्ञानिकको दाबी छ, खोपको साथै यसको उपयोग गर्नाले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न सकिन्छ ।

यस च्युइङ्ग गमको प्रयोगबाट रोगीमा निकै फाइदा हुन्छ । यो ती देशको लागि फाइदाजनक हुन्छ, जहाँ अहिलेसम्म खोप उपलब्ध भएको छैन । यद्यपि यो च्युइङ्ग गम अहिले सामान्य उपयोगको लागि उपलब्ध छैन । तर वैज्ञानिकले दाबी गरेको छ, चाँडै यस च्युइङ्ग गमलाई बजारमा ल्याउँछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here