जाडोमा अल्छी धेरै लाग्छ र सुत्न मन लाग्छ । यस मौसममा शरीरको इम्युनिटी पनि घट्छ । तसर्थ जाडोमा भित्रबाट न्यानो बनाउने खानेकुराहरू खानुपर्छ, जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।
सखर, तिलसखरमा एन्टिअक्सिडेन्ट हुन्छ । जाडोको मौसममा सखरसँग तिलको सेवन गर्नुपर्छ। यसमा यस्तो फैटी एसिड हुन्छ, जसले इम्युनिटीलाई मजबूत बनाउनुको साथसाथै वजन पनि कम गर्छ । यसको साथै धेरैजसो रोगबाट पनि बचाउँछ । रुघाखोकी भएपछि फोक्सोबाट कफलाई सफा गर्न मदत गर्छ । यसमा प्रोटीन क्याल्सियम जस्ता थुप्रै खनिज तŒव हुन्छन् । यसैले जाडोको लागि यो उपयुक्त खानेकुरा हो ।
अमलाः अमलालाई जाडोको राजा भनिन्छ । यो औषधीय गुणले भरिपूर्ण हुन्छ र सङ्क्रमणसँग लड्न पनि मदत गर्छ । यसलाई विभिन्न तरीकाले खान सकिन्छ । काँचो, पकाएर, अचार बनाएर, शर्बत, च्वयनप्राश आदि रूपमा खान सकिन्छ ।
इमलीः अमिलो–मीठो इमलीको विशिष्ट स्वाद हुन्छ । यसले इम्युनिटीलाई बुस्ट गर्छ र पाचन प्रक्रियालाई पनि ठीक गर्छ । यसको बीउलाई छाछसँग मिसाएर सेवन गर्न सकिन्छ । खजूरः खजूरमा आइरन, क्याल्शियम, मैग्निशियम, फाइबर हुन्छ । जाडोमा खजूरलाई बिहान दूधसँग सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोलको स्तरलाई कम गर्छ र इम्युनिटी पनि बढाउँछ ।