प्रस, वीरगंज, २१ मङ्सिर/

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले मङ्सिर १६ गतेदेखि सञ्चालन गरेको साताव्यापी अभियानलाई निरन्तरता दिंदै आएको छ ।

यसै क्रममा ट्राफिकले नम्बर मेटिएको र चर्को आवाजको हर्न जडान गरेका सवारीसाधनको हर्न निकालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले बताए । उनले नम्बर नभएको, स्पष्ट नबुझिने नम्बर प्लेटलाई तत्काल फिल्डमा नै नयाँ नम्बर लेखाउने कार्यलाई निरन्तरता दिंदै १२३ वटा सवारीसाधनमा नम्बर प्लेट लेखाएको बताए । यसैगरी, ८९ वटा सवारीसाधनबाट प्रेसर हर्न निकालिएको बताए ।

सवारीसाधनमा जडित हर्नबाहेक अतिरिक्त हर्न राखेर सञ्चालन गर्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको कारण प्रेसर हर्नलाई निकालिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here