प्रस, सिम्रौनगढ, २१ मङ्सिर/

सिम्रौनगढ नगरपालिका–४ वडापालिकाको आयोजनामा मङ्गलवार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडाबाट उच्च शिक्षा प्राप्त गरेका व्यक्ति, राष्ट्रसेवकहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कङ्काली माविका प्रधानाध्यापक धु्रवप्रसाद कुशवाहाले सम्मान कार्यक्रमले उच्च शिक्षा लिएकाहरूलाई थप प्रेरणा मिलेको बताए । उनले श्रमको फल मीठो हुन्छ र मेहनत गरेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा देश र समाजलाई सम्मान कार्यक्रमबाट प्रवाह भएको बताए ।

कार्यक्रममा लोसपा सिम्रोनगढ नगर कमिटीका अध्यक्ष समाजसेवी किशोरी साह कलवारले किताब दिएर विद्यालय पठाउनु मात्र बहादुरी नहुने भन्दै विद्यालय गएका छोराछोरीले पढे–नपढेकोबारे पनि बुझ्ने दायित्व अभिभावकको भएको बताए ।

समाजसेवी प्रमानन्द यादवको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पप्पु यादव, नेपाल टेलिकमका अधिकृत कामेश्वर पण्डित, प्राध्यापक सञ्जयकुमार पटेल, सुनील जयसवाल, प्रवीणकुमार सहनी, लालबाबू कुशवाहालगायत १९ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य डा कमरुल्लाह अन्सारी, वडाध्यक्ष राजेश यादव, सशस्त्र प्रनि सागर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सियारामप्रसाद यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here