जकार्ता, २० मङ्सिर/सिन्ह्वा

इन्डोनेशियाको जकार्तामा गत शनिवार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू नौजना हराइरहेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले दिएको समाचार अनुसार १३ जनाको मृत्यु हुनुका साथै अन्य ९८ जना घाइते भएका थिए ।

गत शनिवार इन्डोनेशियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरू भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौजना व्यक्ति हराइरहेको जानकारी दिए । उनले हराएका ती व्यक्तिहरूका बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरू हराएका या मृत्यु भएको पनि हुन सक्ने बताए । जकार्ता समय अनुसार शनिवार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here