– शरद् शर्मा

काठमाडौं, २० मङ्सिर/रासस

नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतवार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुर्ईजना व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एकजना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । दुवैजनाको प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका एकजनामा सङ्क्रमण देखिएको थियो ।

विदेशी नागरिक नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको र कोरोना भाइरसविरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको थियो । त्यसपछि मङ्सिर ७ गते ती विदेशी र उनका नजीकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिको कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतीजा पोजेटिभ आएको थियो ।

“कोभिड–१९ पोजेटिभ आएकाको क्–नभलभ परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरूप परीक्षण गर्दा दुवैजनाको नमूनामा क्–नभलभ फेला परेको थिएन,” उनले भने, “क्–नभलभ फेला नपरेका उक्त दुवै नमूनाको टेकु प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलोपटक पुष्टि भएको हो ।”

उनका अनुसार हाल दुवैजना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेशनमा रही स्वास्थ्यलाभ गरिरहेका छन् । ती दुर्ई सङ्क्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । मन्त्रालयले उक्त दुर्ई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पाेट आएको छ ।

ओमिक्रोन रोकथामका प्रयास

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिड्ढो कार्यलाई थप प्रभावकारी बनाइएको उनले बताए । ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रीको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रीको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।

यस्तै, खोपको विवरण लिने गरेको, लक्षण तथा चिह्नको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रीको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङ्कलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।

यस्तै, विगत एक महीना अगाडिदेखि पोजेटिभ भएकाको नमूनाको थप परीक्षण गर्ने गरिएको उनले बताए । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हड्ढङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।

ओमिक्रोन भाइरस सर्ने दर र सङ्क्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ । ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् ।

कोभिड–१९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महŒवपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।

ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती देशमा ५७४ जना उक्त भेरियन्टबाट सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आकलन अनुसार दक्षिणपूर्वी एशियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ। भारतमा गत शुक्रवार मात्र सङ्क्रमण भएको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here