प्रस, वीरगंज, १९ मङ्सिर/

वीरगंज जेसीजको सन् २०२२ को अध्यक्षमा अमृत गौरो सर्वसम्मत निर्वाचित भएका छन् ।
वीरगंज जेसीजको ४९औं शाखा अधिवेशनले गौरोलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

जेसीज भवनमा सम्पन्न अधिवेशनले कार्यकारी उपाध्यक्ष स्वेच्छा रौनियार र सुखसागर गौरो, उपाध्यक्ष सरोज चौरसिया, अनोज चौधरी, तोपेन्द्र चौधरी, कमरुल अन्सारीसमेत सर्वसम्मत भएका छन् । नवनिर्वाचित अध्यक्ष गौरोले महासचिव अरविन्द श्रेष्ठ, कोषाध्यक्ष मुकेश गुप्ता र कानूनी सल्लाहकारमा प्रेमचन्द्र प्रसादलाई चयन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here