चट्याङ लागेर एकजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जीतपुर, ३० भदौ/
    चट्याङ लागेर बारा जिल्लामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ।
    मङ्गलवार बिहान जीतपुरसिमरा उपमहानगर–१४ दुधौरा खोलामा बालुवा लोड गरी टायरगाडामा आउने क्रममा ४० वर्षीय धर्मेन्द्र चौधरीको चट्याङ लागेर मृत्यु भएको अस्थायी प्रहरी पोस्ट डुमरवानाले जनाएको छ। सोही टायरगाडामा रहेका २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।