राधेश्याम पटेल, वीरगंज, १९ मङ्सिर/

नेपाली काङ्ग्रेसको संस्थापन पक्षसँग विद्रोह गरी केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका विमलेन्द्र निधि आफ्नै विरासत भएको प्रदेशमा कमजोर देखिएका छन् । धनुषावासी विमलेन्द्र निधि धनुषाबाहेक बाँकी सातवटा जिल्लामा कमजोर देखिएका छन् । अधिवेशनअघि आठ जिल्लामा उनकै पक्षका जिल्ला सभापतिहरू थिए । तर अहिले अवस्था फरक बन्दै गएको छ ।

विगतमा उनको साथ दिने जिल्ला तहका नेता, कार्यकर्ता अहिले संस्थापन पक्षतिरै लागेपछि उनको उपस्थिति र वर्चस्व कमजोर हँुदै गएको खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर बताउँछन् । “अधिवेशनअघि उनको पकड राम्रो मानिएको थियो, तर पछिल्लो नतीजाले उनको अवस्था कमजोर देखिएको छ,” उनले भने, “यस्तै अवस्था रह्यो भने उनले आगामी महाधिवेशनमा समस्या उत्पन्न हुन सक्छ ।”

उनले राजनीतिमा कुन बेला कुन नेता कतातिर लाग्छन्, सो निश्चित नभएकोले प्रदेश अधिवेशनमा पनि के नतीजा आउन सक्छ भन्न मुश्किल रहेको बताए । “प्रदेश अधिवेशनमा निधि पक्ष वा देउवा पक्ष कसले बाजी मार्छ, अहिले भन्न हतार होला,” उनले भने, “अहिले प्रदेश २ मैं विभिन्न कारणले काङ्ग्रेसको राजनीतिलाई डो¥याइरहेको छ ।”

त्यसैगरी, नेपाली काङ्ग्रेसनिकट तराई–मधेस समन्वय समितिका संयोजक रामनारायण कुर्मीले धनुषाबाहेक निधि खेमाको प्रदर्शन १५ देखि २० प्रतिशतमा रहेकोले धेरै बताउन उचित नहुने विश्लेषण गरे । “पर्साका १०४ जना महाधिवेशन प्रतिनिधिमा ८५ जना देउवा समूहका हुनुहुन्छ, बाँकी १९ जना निधि समूहका हुनुहुन्छ,” उनले भने, “यसैबाट आगामी दिनको राजनीतिक तस्बिरलाई मूल्याङ्कन गर्न सकिन्छ ।”

उनले धनुषामा ५० प्रतिशतमा निधि समूह र ५० प्रतिशतमा अन्य समूह रहेको चर्चा गर्दै सप्तरी, सिराहा, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लामा ६० प्रतिशतभन्दा बढी केन्द्रीय र प्रदेश प्रतिनिधि देउवा समूहबाट निर्वाचित भएकाले पनि आगामी महाधिवेशनमा देउवा समूह नै प्रदेश २ मा बलियो साबित हुने उनको भनाइ छ ।

1 COMMENT

  1. It would bevery much unfortunate for Nepali congress as well as the Nepal that respectable Mr Bimlendra Nishi is not given a chance to lead the party. It’s golden opportunity for the party to get full support from Madhesh. At the time Madhesh originated parties have dividend and people of Madhesh have no hopeful from anyone party that will solve the issues of Madhesh. If Nepali congress come in front with united motivation and issues of Madhesh with a leader like Nidhi that must be more beneficial to the party as well as the nation Nepal. We all know Madhesh is origin of Congress. Please try it.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here