प्रस, रौतहट, ३० भदौ/
गौरमा चट्याङ खस्दा एकजनाको घर ध्वस्त भएको छ ।
गौर नगरपालिका–४ टिकुलिया निवासी इन्दु देवीको घरमा चट्याङ खस्दा घर ध्वस्त भएको हो । मङ्गलवार बिहान वर्षासँगै आएको चट्याङले खपडाले छाएको घर पूर्णरूपले ध्वस्त भएको पीडितले बताएका छन् ।
प्रस, सिम्रौनगढ/
आज बिहान वर्षासँगै परेको चट्याड्ढो कारण सिम्रौनगढ नगरपालिका–६ सिम्रौनगढ बजार निवासी मकसुद मियाँ चुडिहारको घर भत्किएको छ । खपडाको घरमा चट्याङ पर्दा घर भत्किएको पीडित मियाँले बताए ।