नयाँ दिल्ली, १९ मङ्सिर/एएफपी
भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्यान्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्रजना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतवार जनाएको छ । पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्यान्ड बाहिरका एक मजदूरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको शनिवारको घटनाका प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् ।
तामगाडगेले ओटिङ गाउँँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा छजना मजदूरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरू बेपत्ता व्यक्तिहरूको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलको सामना गरेको बताइएको छ । त्यसपछि मृतकहरूका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षा बलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सातजनाको मृत्यु भएको तामगाडगेले बताएका छन् ।
भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरूले काम गरिरहेको बताएको छ । यस विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ । विज्ञप्तिमा भनिएको छ, “दुर्भाग्यपूर्णरूपले ज्यान गुमाउनुको कारणबारे उच्चस्तरीय छानबीन भइरहेको छ र कानून बमोजिम आवश्यक कारबाई गरिनेछ ।”
दुर्भाग्यपूर्णरूपले ज्यान गुमाउनुका कारणबारे उच्च तहमा अनुसन्धान भइरहेको र कानूनबमोजिम आवश्यक कारबाई गरिने विज्ञप्तिमा उल्लेख छ । नागाल्यान्डका मुख्यमन्त्रीले शान्त रहन अपील गर्दै छानबीनको घोषणा गरेका छन् । सर्वसाधारणको हत्या दुर्भाग्यपूर्ण एवं निन्दनीय छ, उनले ट्वीटरमार्फत सबै वर्गमा शान्तिको लागि अपील गरे । रासस