प्रस, निजगढ, १८ मङ्सिर/

समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम बारा जिल्ला भेला शनिवार कलैयामा सम्पन्न भएको छ । भेलाले अजय साहको अध्यक्षतामा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष शारदा पोखरेल, सचिव नरेश गुप्ता, सहसचिव धीरेन्द्र तिवारी, कोषाध्यक्ष सावित्री शर्मालगायत २५ सदस्य रहेका छन् ।

भेलाको उद्घाटन नेकपा एकीकृत समाजवादीका नेता पूर्वमन्त्री मुकुन्द न्यौपानेले गरेका थिए । उनले प्रेसजगत् राष्ट्रको चौथो अङ्ग भएको तर पछिल्लो समय आचारसंहिता अनुरूप अघि बढ्न नसकेको आरोप लगाए । उनले यही कारण अहिले समाचारहरूको विश्वनीयता घट्दै गइरहेको बताए ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य दिनेश राई, केन्द्रीय सदस्य चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, प्रदेश नं २ का सांसद एवं नेकपा एकीकृत समाजवादी बारा जिल्ला कमिटी अध्यक्ष सुन्दर विक, प्रदेश नं २ का सांसद सीता गुरुङ, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य धु्रव यादव, रवीन्द्र साहलगायतको सहभागिता थियो । भेला समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here