गाम्बिया (बान्जुल), १८ मङ्सिर/एएफपी
अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीले शनिवार मतदान गर्न शुरू गरेका छन् । पूर्वतानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरू भएको छ ।
यस मतदानलाई गाम्बियामा प्रजातान्त्रिक परीक्षणको रूपमा नजीकबाट हेरिनेछ । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन ‘कू’द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए । पूर्वतानाशाह जाम्मेहलाई जनवरी २०१७ मा इक्वेटोरियल गिनीमा निर्वासनमा जान बाध्य पारिएको थियो । जाम्मेहलाई तत्कालीन आफन्त ब्यारो आदामाले मतदानमा पराजित गरेका थिए ।
५६ वर्षीय राष्ट्रपति ब्यारो अहिले पुनः चुनाव लडिरहेका छन् । उनीसँगै पाँचजना अन्य उम्मेदवारले पनि चुनावको सामना गर्दैछन् । मतदान स्थानीय समय अनुसार बिहान ८ बजे शुरू भएको जनाइएको छ । राजधानी बाञ्जुलमा रहेका मतदान केन्द्रमा बिहानैदेखि लामो लाइन रहेको जनाइएको छ ।
बाञ्जुल छेउछाउका बजारमा करीब ५०० जना मानिस घण्टौं पर्खाइमा लाइनमा बसेको जनाइएको छ । रासस