प्रस, परवानीपुर, १७ मङ्सिर/

वीरगंज–२१ लिपनीबिर्तास्थित नेरा गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरूसँग सरोकारवालाले छलफल गरेको छ ।

शुक्रवार दिउँसो विद्यालय परिसरमा आयोजित कार्यक्रममा वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरिराउत कुर्मी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतम, विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहलगायत शिक्षकहरूले विद्यार्थीहरूसँग विद्यालयमा देखिएका कमीकमजोरीका विषयमा छलफल गरेका हुन् ।

छलफलमा विद्यार्थीहरूले शिक्षक–विद्यार्थीहरू पोशाकमा आउनुपर्ने, रूटिन अनुसार अध्ययन हुनुपर्ने, प्रयोगशाला, पुस्तकालय, खानेपानीको उचित प्रबन्ध हुनुपर्ने र अङ्ग्रेजी, विज्ञान, गणितको नियमित कक्षा सँगसँगै कोचिड्ढो पनि व्यवस्थापन गर्नुपर्नेलगायत माग उठाएका थिए ।

केही शिक्षकले आचरणविपरीत काम गर्नेहरूलाई कारबाई गर्नुपर्नेलगायतका माग विद्यार्थीहरूको थियो । यस विषयमा विद्यार्थीहरूको सुझाव सुन्दै वीरगंज महानगरको शैक्षिक महाशाखाले आगामी दिनमा समस्या समाधान गर्दै जाने महाशाखाका शिक्षाअधिकृत कुर्मीले आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here