प्रस, सेढवा, १६ मङ्सिर/

जङ्गली जनावरहरूका कारण वन क्षेत्रसँग जोडिएका किसानहरूले दुःख भोग्नुपरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनबाट आउने जङ्गली जनावरहरूले किसानहरूले लगाएका बालीमा क्षति पु¥याउन थालेको किसानहरूले बताए ।

ठोरी गाउँपालिका–५ का गडुवालाइन, क्षेत्रीलाइन, जीराभवानी गाउँपालिकाको शान्तिनगर, काठमाडौंटोल, बसन्तपुर, हरैया, सखुवनियालगायतका किसानहरूको बालीमा जङ्गली जनावरहरूले क्षति पु¥याउने गरेको सो क्षेत्रका किसानहरूले बताए ।

जीराभवानी गापा–१ शान्तिनगरका किसान चक्रबहादुर श्रेष्ठका अनुसार वनबाट दर्जनौंको सङ्ख्यामा आउने मयूरले बालीमा क्षति पु¥याउँदै आएको बताए । गहुँका बीउबाट निस्किन लागेका टुसाहरू नै टिपेर खाने गरेको हुँदा किसानहरू चिन्तामा परेको श्रेष्ठको भनाइ छ ।

त्यस्तै, बँदेल, नीलगाई तथा कहिलेकाहीं हात्तीसमेत आएर कोदो, आलु, तोरीलगायतका बालीमा क्षति पु¥याउँदै आएको किसानहरूले बताए । यस सम्बन्धमा सुनाखरी वन समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले वनजङ्गल नियन्त्रणका लागि जडान गरिएको विद्युतीय तार मेशिन बिग्रिएको कारण जङ्गली जनावर खेतबारीमा प्रवेश गर्न थालेको बताए ।

विद्युतीय तार मर्मतका लागि पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पत्र पठाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here