प्रस, वीरगंज, १२ मङ्सिर/

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अपराध न्यूनीकरण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

जिप्रका पर्साको प्रमुखमा कार्यभार सम्हालेपछि आइतवार पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्ष्Fक बस्नेतले शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले समाजबाट अपराध न्यूनीकरण गर्न स्थानीयको सहयोगसँगै सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै यस कार्यमा सघाउन आग्रह गरे।

पत्रकारहरूले भने सीमामा खटेका सुरक्षाकर्मीहरूबाट आर्थिक अपराधका घटना बढिरहेको भन्दै प्रउको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले सोझासाझा जनतालाई प्रहरीले समात्ने र मुद्दा लगाएर दुःख दिने जस्ता घटनाहरू पनि बढिरहेको भन्दै त्यस्ता घटना न्यूनीकरण गर्न सुझाएका थिए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, शाखा अध्यक्ष अनुप तिवारीलगायत पत्रकारहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here