प्रस, वीरगंज, १२ मङ्सिर/
विन्ध्यवासिनी गाउँपालिका–३ मा लोकतान्त्रिक समाजवादी पार्टीको वडास्तरीय महिला कमिटी गठन भएको छ। विन्ध्यवासिनी गापा–३ सानो झौवामा भएको भेलाले अनीता रामको अध्यक्षतामा ५१ सदस्यीय वडा महिला कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्ष आशादेवी ठाकुर, सचिव सन्ध्या पटवा, कोषाध्यक्ष रम्भा देवी, सहसचिव रामकली देवीलगायत सदस्यहरू छन्।
लोसपाकी महिला नेत्री मञ्जु सर्राफको अध्यक्षता तथा गाउँ कमिटी अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटी गठन गरेको हो। भेलामा लोसपा पर्साकी महिला नेत्री मालती कुशवाहा, मुन्नी श्रीवास्तव, मञ्जु देवी, श्याम देवीलगायतको सहभागिता थियो।