ब्राजाभिल्ले, १० मङ्सिर/सिन्ह्वा
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरूले अफ्रिकामा पनि कोरोनाविरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोनाविरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीवार दिएको जानकारी अनुसार जुनसुकै देशमा पनि अग्रस्थानमा खट्ने स्वास्थ्यकर्मीहरूका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ । यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर पनि यहाँका धेरैजसो स्वास्थ्यकर्मीले खोप पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाविरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सङ्गठनका निर्देशकले जानकारी दिएका छन् ।
यसै पनि अफ्रिकाका १६ वटा देशमा स्वास्थ्यकर्मीको सङ्ख्या निकै थोरै छ । यहाँ प्रतिहजारजना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् । यसैमा पनि कोरोनाविरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ । रासस