प्रस, वीरगंज, ९ मङ्सिर/

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान बिहीवारदेखि वीरगंजमा पनि शुरू भएको छ। वीरगंज महानगरपालिका तथा पर्सा जिल्लामा रहेका विभिन्न सरकारी, गैरसरकारी संस्थाको सहकार्यमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गरेका थिए । घण्टाघरबाट शुरू भएको ¥याली सोही ठाउँमा पुगेर समापन भएको थियो ।

प्रजिअ ढकालले अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै यो अभियानलाई जिल्लाको ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न सुझाव दिए । उनले अभियान सफलताको लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । अधिवक्ता बृजकिशोर पटेलले लैङ्गिक हिंसाविरुद्धको जनचेतना शिक्षित वर्गमा पु¥याउन आवश्यक भएको बताए ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्तप्रसाद कुर्मीले १६ दिन होइन, ३६५ दिन नै लैङ्गिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउनेलाई संस्थाले प्राथमिकतामा राख्दै आएको जानकारी गराए । प्रत्येक वर्ष नोभेम्बर २१ देखि यो अभियान शुरू हुन्छ र डिसेम्बर १० तारिखका दिन समाप्त हुन्छ ।

कार्यक्रममा उपप्रमुख शान्ति कार्की, वीरगंज महानगरका स्वास्थ्य संयोजक अरुण महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here