प्रस, ठोरी, ९ मङ्सिर/
नेरा आधारभूत विद्यालय निर्मलबस्तीमा कम्प्युटरकक्ष उदघाटन तथा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानाध्यापक गोपीलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गापा अध्यक्ष पद्मलाल श्रेष्ठले कम्प्युटर कक्षको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।
शिशुदेखि तीन कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पढाइ, टोलटोलमा ट्युशन कक्षा, शून्य दरबन्दी भएको आधारभूत विद्यालयहरूमा दुईजनाको दरले निमावि तहका शिक्षकको व्यवस्था, सामुदायिक विद्यालयहरूमा १/१ जना बाल कक्षा सहयोगी नियुक्ति गरी शिक्षाको स्तर उकास्न आफू लागिपरेको बताए ।
उनले सामुदायिक विद्यालयहरूमा शौचालय निर्माण, भवन निर्माण, कम्पाउन्ड वाल निर्माण, मरम्मत कार्य गरेको बताए । कार्यक्रममा वडाध्यक्ष बईबहादुर तामाङ, विव्यस अध्यक्ष सुप्पालाल दिङ्ग, लक्कलाल गोले, शिक्षक अभिभावक सङ्घ अध्यक्ष बुद्धिलाल गोले, समाजसेवी भक्तबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।
यसैगरी आज प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत विद्यालयका छात्राहरूलाई साइकल वितरण गरिएको थियो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य वीरेन्द्र यादव, जिल्ला उपाध्यक्ष जरि लामा, सदस्य कृष्णमोहन यादवलगायतको उपस्थिति थियो ।