कोरोनाबाट एकै दिन दुईजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जनकपुरधाम, २९ भदौ/
    पछिल्लोपटक जनकपुरमा महोत्तरी र सिराहाका एक/एक जना गरी दुईजनाको मृत्यु भएको छ।
    महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ। कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते उनी प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। उपचारको क्रममा आइतवार साँझ उनको निधन भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताएका छन्।
    भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना सङ्क्रमित रहेको रिपोर्ट आएको थियो। उनीमा उच्च रक्तचापबाहेक अन्य कुनै रोग नरहेको मृतकका परिवारजनको भनाइ छ। उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए।
    यसैबीच, सिराहाका एकजना कोरोना सङ्क्रमित महिलाको पनि उपचारको क्रममा जनकपुरमा मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका वडा नं २ बन्दीपुर निवासी ३५ वर्षीया महिला रहेकी छन्।
    ज्वरोसँगै सास फेर्न गा–हो भएपछि महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो। उनमा आइतवार बिहान कोरोना पुष्टि भएको थियो। उनको सोही दिन साँझ प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।