प्रस, जीतपुर, ९ मङ्सिर/
मालपोत कार्यालय सिमराले चार महीनामा रु १९ करोड राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । चालू आव २०७८/७९ को साउन–कात्तिक चार महीनामा रु १९ करोड ३० लाख ५९ हजार राजस्व सङ्कलन गरेको हो ।
उक्त राजस्व प्रदेश सञ्चित कोषलाई ४० प्रतिशत, मुख्यमन्त्री स्वच्छता अभियानलाई १० प्रतिशत, जीतपुरसिमरा उपमहानगरपालिकालाई ३२ प्रतिशत, निजगढ नपालाई ९ प्रतिशत, परवानीपुर गाउँपालिकालाई दुई प्रतिशत, कलैया उपमनपा र मालपोत कार्यालयलाई १/१ प्रतिशत र ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई दुई प्रतिशत बाँडफाँड गरिएको लेखा अधिकृत तेजेन्द्र लम्सालले बताए ।
सो कार्यालयको कार्यक्षेत्र अन्तर्गत साबिक रातोमाटे, पिपरासिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा, निजगढ, इनर्वासिरा पर्छन् ।
घरजग्गा खरीद–बिक्री गरेबापत पूँजीगत लाभकर रु ६ करोड १६ लाख १९ हजार ६९९, रोक्का दस्तुर रु १ करोड ४२ लाख ६५ हजार ४ सय, नामसारी, संशोधन सेवा शुल्क रु ४ लाख ३ हजार ६९५, पुर्जा बिक्री रु ८ हजार ३ सय, घरजग्गा रजिस्टे«शन दस्तुर रु ११ करोड ५९ लाख २२ हजार २४७ सङ्कलन गरिएको प्राप्त विवरणमा उल्लेख छ ।