प्रस, वीरगंज, ६ मङ्सिर/

डिएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौं र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आयोजना गरेको छ ।

सोमवार आयोजित कार्यक्रमको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गरेका थिए । सो अवसरमा उनले नेपाल र भारतको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवद्र्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको भूमिका महŒवपूर्ण हुने बताए । उनले कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद पनि ज्ञापन गरे ।

कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव नवीन कुमारको उपस्थिति थियो । कार्यक्रममा भारतका चर्चित कलाकार गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here