प्रस, ठोरी, ६ मङ्सिर/
ठोरी गाउँपालिका–३ रामबुद्ध सामुदायिक वन समूहको पुनर्गठन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समिति मातहत रहेको सो समूहको अध्यक्षमा केशव खड्का चुनिएका छन् ।
हिजो आइतवार ठोरी–३ रामनगरको गोकर्णेश्वर मन्दिरमा निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाले अध्यक्ष खड्का, उपाध्यक्ष तारानाथ चिमोरिया, सचिव कृष्णकुमार अधिकारी, सहसचिव चित्रबहादुर गुरुङ, कोषाध्यक्ष गीता अधिकारीलगायत १३ सदस्यीय समिति चयन गरेको छ ।
१५ सदस्यीय समिति हुने र दुईजनालाई पछि थप गरिने उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । कार्यक्रम ठोरी गापाकी कार्यपालिका सदस्य वृत्तमाया विकको प्रमुख आतिथ्यमा भएको थियो । उपभोक्ता समिति मातहत सातवटा वन समूह छन् र प्रत्येक पाँच वर्षमा पदाधिकारीहरूको चयन हुने व्यवस्था छ ।