प्रस, सेढवा, ६ मङ्सिर/

ठोरीको ठुटे खोलाको पुल र बुद्ध स्टोन पार्क सेल्फी लिनका लागि केन्द्र बन्दै गएका छन् ।
प्रदेश नं २ को पर्यटकीय स्थलको रूपमा रहेका ठोरी गाउँपालिका वडा नं २ का यी स्थानहरू फोटो खिच्न तथा सेल्फीका लागि केन्द्र बनेका छन् । ठुटे खोलाको पुलमा नेपालको झन्डा स्थापना भएसँगै फोटो खिच्न तथा सेल्फी लिने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको स्थानीय बताउँछन् ।

भारतको बिहार राज्य पश्चिमी चम्पारण जिल्लाको नरकटियागंज निवासी अमित कुमारका अनुसार धेरै पहिलेदेखि ठोरी घुम्न आउने गरेको बताए । सडक, पुल निर्माण तथा हुँदै गरेका विकासका कारण ठोरी आउने भारतीय पर्यटकको सङ्ख्या बढेको अमित कुमारको भनाइ छ । शान्त तथा चीसो हावासँगै जङ्गल तथा पहाडसहितको दृश्यको तस्वीर बनाएर सञ्जालमा राख्ने प्रचलन नै भएको अमित कुमारले बताए ।

त्यस्तै, रूखको सामान्य जरा तथा ढुङ्गा प्रयोग गरी निर्माण गरिएको बुद्ध स्टोन पार्क त्यत्तिकै मनमोहक भएको जगरनाथपुर गाउँपालिका वडा नं ३ गढैयाका शिक्षक मोहन साहले बताए । बाटो छेउछाउमा फालिएका ढुङ्गाबाट हुलाकी सडककै छेउमा निर्माण गरिएको सो पार्कमा सधैं पर्यटकहरूको फोटोशेसन चलि नै रहेको साहको भनाइ छ । सो पार्कलाई पर्यटकहरूले टिकटक पार्कसमेत भन्ने गर्छन् ।

सो पार्क स्थानीय बुद्धिबहादुर गुरुड्ढो एकल प्रयासमा निर्माण भएको हो । गुरुङले आफ्नै अर्थ तथा श्रम लगानी गरी सो पार्क निर्माण गरेको बताए । टेम्पो चालक गुरुङ रूखको जरा तथा ढुङ्गा बटुलेर सो पार्कलाई सिङ्गार्दै आएको बताउँछन् । कोभिडका कारण लागेको दोस्रो लकडाउनको बेलादेखि सो पार्कको निर्माण शुरू गरेको र हाल पनि निर्माण भइरहेको गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here