संसारकै सबैभन्दा लामो कारलाई अमेरिकन ड्रिम भनिन्छ । सन् १९८६ मा यस कारलाई दुनियाँको सबैभन्दा लामो कारको रूपमा गिनिज बूक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको थियो । यो कारको लम्बाइ सय फिटको छ र झट्ट हेर्दा यो टायर भएको रेलजस्तो देखिन्छ ।

यो कार लामो मात्र छैन, यसमा निकै सुविधा छ । कारको माथिल्लो भगमा एउटा निजी हेलिपैड छ, मिनी गल्फ कोर्स र स्वीमिङ पुल छ । यसको अलावा बाथटब, जकुजी, थुप्रै टेलिभिजन, फ्रिज, टेलिफोन पनि छन् । कारमा ७० जना बस्न सक्छन् ।

अमेरिकन ड्रिम कारमा कुल २६ वटा पाङ्ग्रा छन् र यसलाई दुवै साइडबाट चलाउन सकिन्छ । यो कारलाई कार उत्पादन गर्ने कारखानाले बनाएको होइन । यसको डिजाइनर जे ओहरबर्ग हुन्। उनी हलिउडका चर्चित सवारीसाधन डिजाइनर थिए र कारको शोखिन थिए ।

कारको दुवैतर्फ भिएट इन्जिन छ । ओहरबर्गलाई यो कार तयार गर्न र सडकमा ल्याउन १२ वर्ष लाग्यो । यसलाई चलचित्रमा प्रयोग गर्न बनाइएको थियो । कारलाई भाडामा पनि दिइन्छ । यसको भाडा ५० डलरदेखि दुई हजार डलर प्रतिघण्टा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here