पथरीको पीडा निकै असहनीय हुन्छ । ससाना पथरी बढी पानी र पेय पदार्थ सेवन गर्दा मूत्रसँगै निस्किन्छ तर ठूलो पथरी अपरेशनबाट मात्र निकाल्न सकिन्छ । पथरी निकाल्ने थुप्रै घरेलु उपाय छ । केही व्यक्ति बियर पिउँदा पनि पथरी निस्किन्छ भन्ने गर्छन् ।
एउटा अनुसन्धान अनुसार बियर पिउने व्यक्तिमा पथरी हुने सम्भावना ४१ प्रतिशतसम्म कम हुन्छ । किनभने बियर सेवनपछि बढी पिसाब लाग्छ । जसले गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्किन्छ । विज्ञका अनुसार पटक–पटक पिसाब गर्नुपर्दा मिर्गौलामा दबाब पर्छ जसले गर्दा पथरी बाहिर निस्किन्छ तर पिसाबबाट ससाना पथरी मात्र बाहिर निस्किन्छ ।
त्यस्तै केही अध्ययनले बढी बियर सेवन गर्दा शरीरमा पानीको कमी हुन्छ । बियरमा ओक्सलेट हुन्छ जसले गर्दा शरीरमा पथरी बन्ने खतरा पनि रहन्छ । निष्कर्ष अनुसार बढी मात्रामा बियर सेवन गर्नुहुँदैन । सही मात्रामा बियर सेवन अथवा सबैभन्दा राम्रो उपाय बढी पानी सेवन गरेर पनि ससाना पथरीलाई बाहिर निकाल्न सकिन्छ ।