नयाँ दिल्ली, ४ मङ्सिर/एएनआई

भारतको आन्ध्रप्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरू १०० जनाभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिवार बिहान जानकारी दिएका छन् ।

निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् । बाढीले विशेषगरी आन्ध्रप्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरम्मा बढी असर पारेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सातवटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

खोजी तथा उद्धार कार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांश जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here