प्रस, वीरगंज, ४ मङ्सिर/

सांसद प्रदीप यादवले वीरगंज महानगरपालिका–३० लालपर्सामा ढलान सडकको उद्घाटन गरेका छन् ।

संसदीय विकास कोषको ३० लाख रुपैयाँको लागतमा लालपर्सामा निर्मित सात सय मिटर ढलान सडकको उद्घाटन गर्दै उनले सडक निर्माणबाट स्थानीयलाई सहयोग पुगेको बताए । सडक नबन्दा हुने अप्ठ्यारा अबका दिनमा स्थानीयले बेहोर्नुनपर्ने उनको भनाइ थियो । लालपर्साको विकासको लागि आफूले सक्दो सहयोग गरेको बताए ।

कार्यक्रममा जसपाका एकाइ अध्यक्ष दीनानाथ मण्डल, ब्रह्मा यादव, मनोज यादव, गगनदेव यादव, रामप्रवेश यादव, मनोज साह कानू, रामप्रवेश कलवार, सञ्जीव ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here