हरपुर–रामपुर सडक कालोपत्र हुने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, पर्सागढी, २८ भदौ/
    पर्सागढी नगरपालिकादेखि वीरगंज महानगरपालिका जोड्ने ५ किलोमिटर कच्ची ग्रेभल सडकलाई दशैंपछि कालोपत्र गर्ने प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले बताएका छन्।
    पर्सागढी नपा–८ हरपुरदेखि वीरगंज महानगरपालिकाको रामपुर सिमाना जोड्ने कच्ची ग्रेभल सडकलाई कालोपत्रे बनाउनका लागि आज प्रदेशसभा सदस्य तेलीसहितको टोलीले सडकको निरीक्षण गरेको थियो। सडक निर्माणको लागि सबै प्रक्रिया अगाडि बढिसकेको सदस्य तेलीले बताए। उनले ५ किलोमिटर सडक निर्माणको लागि प्रदेश सरकारले रु १२ करोड विनियोजन गरेको बताए।
    सडक कालोपत्र गर्नका लागि डिपिआर तयार भइसकेको र ठेक्का पनि लागिसकेको हुनाले दशैंपछि काम शुरू हुने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।