प्रस, परवानीपुर, १ मङ्सिर/

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको लागि प्रदेश २ का आठ जिल्लामा वडा अधिवेशन जारी छ । नेपाली काङ्ग्रेस प्रदेश २ का संयोजक रमेश रिजालका अनुसार प्रदेश २ का आठ जिल्ला पर्सादेखि सप्तरीसम्म कार्यतालिका सार्वजनिक गरी कात्तिक २७ गतेदेखि वडा अधिवेशन भइरहेको छ । उनले पर्सामा आजदेखि शुरू भएको र अन्य जिल्लामा शुक्रवारसम्म वडा अधिवेशन सकिने बताए ।

वडा अधिवेशन सकिएका स्थानमा क्रमशः नगर/गाउँपालिका त्यसपछि प्रदेश, अनि क्षेत्र र अन्त्यमा जिल्ला अधिवेशन सकाउने लक्ष्य रहेको उनले बताए । प्रदेश २ का आठ जिल्लामा जारी वडा अधिवेशनमा करीब ६५ प्रतिशत वडामा सर्वसहमतिबाट बुथ समिति गठन भएको र ३५ प्रतिशतमा मतदानबाट अधिवेशनको प्रक्रिया अघि बढेको संयोजक रिजालले बताए ।

यसैगरी वीरगंज वडा नं ९ को वडा सभापतिमा शिवप्रसाद गुप्ता सर्वसहमत चयन भएका छन् ।
बुधवार सम्पन्न वडा अधिवेशनमा गुप्तालाई निर्विरोध वडा सभापतिमा चयन गरिएको हो । वीरगंज वडा नं ९ मा आयोजित अधिवेशनमा गुप्तालाई सर्वसहमत वडा सभापति चयन गरिएको मतदान अधिकृत मनोज पटेलले जानकारी दिए ।

वडा समितिको उपसभापति अनिलकुमार चौरसिया र रञ्जीतकुमार साह, सचिव सञ्जयकुमार वर्णवाल र जयनाथप्रसाद साह तथा सहसचिवमा कृष्णलाल सहनी र सुशीलकुमार शर्मा चयन भएका छन् भने सदस्यहरूमा सञ्जयकुमार टिबडेवाल, कृष्णकुमार साह, हीरानन्दप्रसाद साह, अनिलकुमार घिमिरे, सङ्गीता श्रेष्ठ, इन्द्रकान्तदेवी बनियाँलगायत रहेका छन् ।

यसैगरी, क्षेत्रीय प्रतिनिधिमा जवाहरप्रसाद गुप्ता, दिलीप शर्मा बराल, वासुदेव अर्याल, नारायणीजी रौनियार, नन्दकिशोर चौहान, कन्हैयालाल केशरीलगायत चयन भएको मतदान अधिकृत पटेलले जानकारी दिए ।

यसैगरी, वीरगंज महानगरपालिका–१० को बुथ सभापतिमा वडाध्यक्ष रामनगिना साह कानू सर्वसम्मत भएका छन् । निर्वाचन अधिकृत प्रदीप जयसवालले उपसभापति आशाराम गुप्ता, राकेशकुमार साह, सचिव भैरव महर्जन र सहसचिवमा राहुल गुप्ता तथा शुभनारायण पटेल सर्वसम्मत चयन भएको बताए ।

यसैगरी, वीरगंज–२१ लिपनीबिर्ताको वडा सभापतिमा रामनारायण साह सर्वसहमत चयन भएका छन् । उपसभापतिद्वय हृदयनारायण राउत कुर्मी र देवकुमार मण्डल, सचिवद्वय श्रीलाल महतो र रामप्रवेश साह कलवार, सहसचिवद्वय धनञ्जय कुशवाहा र नरसिंह पटेललगायत सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

प्रस, पंचगावाँ/

नेपाली काङ्ग्रेसको पटेर्वासुगौली गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको छ । बुधवारदेखि पर्सा जिल्लाका चौधवटै पालिकामा वडा अधिवेशन शुरू भएको छ ।

यसै क्रममा पटेर्वासुगौली गापा–१ मा भएको अधिवेशनले जयनारायण दहितको अध्यक्षतामा वडा बुथ समिति गठन गरेको छ । बुथ समितिको उपसभापति श्रीलाल सहनी, भुटी सहनी र सचिव जयकरण चौधरी छन् ।

यसैगरी, वडा नं ३ मा प्रेम गिरीको सभापतित्वमा बुथ समिति गठन भएको र उपसभापति रूपनारायण चौधरी, बाबुदत्त ओझैया र सचिव विनोद साह तेली चयन भएको बताइएको छ । पटेर्वासुगौली गापाका वडा नं २, ४ र ५ मा विवादका कारण अधिवेशन हुन सकेन ।

यसैगरी, सखुवाप्रसौनीमा वडा नं १ को बुथ कमिटी सभापतिमा रामजनम चौधरी, उपसभापति महेश ओझैया, विश्वनाथ पटवारी र सचिव दिनेश तिमल्सिना चयन भएका छन् ।

वडा नं ५ मा योगेश्वरप्रसाद यादव सभापति र दीपक यादव उपसभापतिमा चयन भएका छन् ।

प्रस, पर्सागढी/

पर्सागढी नगरपालिका–१, २, ४, ८ र ९ मा बुथ समिति गठन भएको छ । समितिका सभापति क्रमशः तुलराम महतो, रामचन्द्र महतो, जङ्गबहादुर दास थारू, विसमोहन दास थारू र शङ्करराउत अहिर चयन भएका छन् ।

वडा नं ३, ५, ७ मा सहमति हुन नसकेको र वडा नं ६ को अधिवेशन स्थगित भएको छ ।

प्रस, सेढवा/

जीराभवानी गाउँपालिकामा वडा नं ३ बाहेक सबै चारवटै वडामा बुथ समिति सर्वसम्मत चयन भएको छ । वडा नं १, २, ४ र ५ का सभापतिहरूमा क्रमशः ग्याँसुद्दीन मियाँ, सरोज चौरसिया, सत्यदेवदास थारू र जगदीश गेडरा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी, वीरगंज महानगर–१ को बुथ समिति सभापतिमा सुरेश गुप्ता, बहुदरमाई नपा–५ मा छेदीलाल केवट, विन्ध्यवासिनी गापा–१ मा सत्येन्द्र ओझा र छिपहरमाई गापा–७ मा परमेश्वर महतो केवट सर्वसम्मत सभापति चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here