भिटामिन डी जसलाई हामी सनसाइन भिटामिन पनि भन्न सक्छौं । हाम्रFे शरीरलाई स्वस्थ राख्न भिटामिन डीको महŒवपूर्ण भूमिका हुन्छ । यो एउटा आवश्यक पोषक तŒव हो । यसको मुख्य स्रोत भोजनको अलावा घाम पनि हो । शरीरमा भिटामिन डीको स्तर बढाउने राम्रो र प्राकृतिक स्रोत घाम हो ।

स्वास्थ्यलाई हेलचेक्र्याइँ गर्दा शरीरमा थुप्रै परिवर्तन भएको अनुभव गर्छौं र केही असुविधा तथा पीडा पनि हुन्छ । भिटामिन डीले हाडलाई स्वस्थ राख्न, तनाव कम गर्न र इम्युनिटी बढाउने गर्छ । छाला घामको सम्पर्कमा आएपछि भिटामिन डी उत्पादन गर्न थाल्छ तर भिटामिन डीयुक्त खाद्यपदार्थ र औषधिको माध्यमबाट पनि यसको पूर्ति गर्न सक्छौं ।

भिटामिन डीको पर्याप्त स्तर शरीरमा क्याल्शियम र फास्फोरसको अवशोषणलाई नियन्त्रण गर्न मदत गर्छ । यसले प्रतिरक्ष्Fा प्रणालीलाई दुरुस्त गर्छ । विभिन्न सङ्क्रमण, रोगबाट लड्न, हाड र दाँतको विकासमा सहायक हुन्छ । तनाव, चिन्ता र व्यवहार र वजन नियन्त्रण गर्न पनि भिटामिन डीले निकै मदत गर्छ ।

भिटामिन डीको कमी भएपछि शरीरमा विभिन्न समस्या हुन्छ । विशेषरूपमा जाडोको मौसममा निकै समस्या उत्पन्न गर्छ । यस मौसममा हुस्सु र कुहिरो लाग्ने गरेकोले पर्याप्त घाम मान्छेले पाउन सक्दैन । जाडोमा यदि थकान र कमजोरी महसूस हुन्छ भने यो भिटामिन डीको कमी हो।

भ¥याङ चढ्न– ओर्लिन, कम उचाइ भएको कुर्सीमा बस्न तथा भुइँमा बस्न समस्या, लडखडाउँदो पाइला हुनु पनि भिटामिन डीको कमी नै हो । यस भिटामिनको कमीबाट रिकेट्स पनि हुन सक्छ । यो विकारले बच्चाको कोमल हाडलाई शिकार बनाउँछ । रक्त परीक्षण गरेर भिटामिन डीको कमी पत्ता लगाउन सकिन्छ । यो परीक्षण दुई प्रकारको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here