काउली धेरैले रुचाउने तरकारी हो । काउलीमा धेरै पोषक तत्व पाइन्छ । काउलीका थुप्रै परिकार बनाएर खाने गरिन्छ तर काउलीको तरकारी पकाउने बेलामा ध्यान दिनुपर्छ ।

काउलीमा ‘रेफिनोज’ नामक एउटा यस्तो तत्व पाइन्छ, जसमा कार्बोहाइडे«ट हुन्छ । यो कार्ब तरकारीमा प्राकृतिकरूपले पाइन्छ, जसलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन । यो तत्व हाम्रो सानो आन्द्राबाट सजिलै ठूलो आन्द्रामा पुग्छ र ग्याँसको समस्या उत्पन्न गर्छ । प्रायः काउलीको तरकारी खाएपछि अथवा काउलीको परौठा खाएपछि पेटमा समस्या हुन्छ, यो त्यसैले गर्दा हुने गर्छ ।

काउलीबाट बेफाइदाः थाइराइडबाट ग्रसित व्यक्तिले काउली खानुहुँदैन । यसको सेवनबाट शरीरमा टी–३ र टी–४ हार्मोन बढ्ने सम्भावना हुन्छ । काउलीमा पोटाशियमको मात्रा बढी हुन्छ । यसको सेवन गर्दा मान्छेको रगत बिस्तारै–बिस्तारै गाढा हुन्छ । रगत गाढा बढाउने औषधि खानेहरूलाई काउली खतरनाक हुन्छ । भर्खरै बच्चा जन्माएका महिलाहरूले काउली सेवन गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here