मनुष्यसरह पृथ्वीको पनि ढुकढुकी (हार्टबिट) हुन्छ । पृथ्वीको यो ढुकढुकी मानवसरह नै ऊ जीवित भएको प्रमाण हो । एउटा अध्ययनमा यस रहस्यको खुलासा भएको छ ।

यदि पृथ्वी र मनुष्यको अस्तित्वको तुलना गर्छौं भने मानवजीवन यसको अगाडि केही पनि होइन । पृथ्वीको पनि एउटा जिन्दगी छ र एउटा मस्तिष्क छ, जुन प्रकृति हो र यो त्यसै अनुसार व्यवहार पनि गर्छ । वैज्ञानिकको भनाइ छ, धर्तीमा धेरै यस्ता वस्तु हुन्छन्, जसको बारेमा मनुष्यले अनुमान लगाउन पनि सक्दैन । यसलाई नियन्त्रित गर्नेबारे कसैले सोच्नु पनि हुँदैन ।

न्यूयोर्क युनिभर्सिटीको जियोलोजिस्ट माइकल रैम्पिनो धर्तीको रहस्यबारे जान्न चाहन्थे । यसैले उनी समूहसँग मिलेर धर्तीमाथि अनुसन्धान गर्न थाले । अनुसन्धानमा रोचक कुरा पत्ता लाग्यो– पृथ्वीको पनि आफ्नै ढुकढुकी र नसा हुन्छ, जुन २७.५ मिलियन वर्ष भइसकेको छ ।
अध्ययन अनुसार अब अघिल्लोपटक धर्तीको मुटु करीब दुर्ई करोड वर्षपछि धडकिन्छ । यसको अर्थ हो कि दुई करोड वर्षपछि धर्तीमा पुनः प्रलय आउन सक्छ । माइकल भन्छन्, पृथ्वीमा ससाना प्राकृतिक घटना कुनै आपदा होइन । ठूलो आपदा त्यति बेला आउँछ, जब धर्तीको मुटु धडकिन्छ र उसको भूगर्भीय नसामा पल्स दौडिन्छ ।

माइकलको आँकडा अनुसार यो एउटा सामान्य भूगर्भीय प्रक्रिया हो, जुन अचानक घट्छ । कैयौं भूगर्भीय हलचलको आपसमा एउटा सम्बन्ध हुन्छ । जब सम्पूर्ण क्रम एकसाथ जोडिन्छ, तब त्यस समय धर्तीको मुटु धडकिन्छ । यो त्यसै प्रकार हो, जसरी मान्छेको सास अडकिएपछि हातखुट्टा फाल्न थाल्छ । ठीक त्यसैगरी धर्तीको पनि ढुकढुकी अडकिएको छ र जसरी एकपटक पूरा हुन्छ, तब निकै ठूलो तबाहीपछि सबै कुरा सामान्य हुन्छ ।

माइकल र उनको टीमको रिपोर्ट अनुसार धर्तीले जब सास लिन्छ, तब समुद्री र गैरसमुद्री जीवको सामूहिक संहार हुन्छ । सुनामी जस्तो भयानक घटना हुन्छ । पुराना महाद्वीप नष्ट हुन्छन्, समुद्रमा विलीन हुन्छन् भने केही नयाँ महाद्वीप समुद्रबाट बाहिरिन्छन् । पृथ्वीको चुम्बकीय शक्तिमा परिवर्तन हुन्छ । टेक्टोनिक प्लेट आपसमा ठोक्किएर वा अलग भएर सन्तुलन बनाउने प्रयास गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here