बटुवालाई मास्क वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २८ भदौ/
    स्वतन्त्र मानव अधिकार समाजले वीरगंज–५ गणेशमानचोकमा मास्क वितरण गरेको छ।
    सडक, फूटपाथमा हिंड्ने सर्वसाधारणलाई आइतवार सय थान मास्क वितरण गरेको समाजका अध्यक्ष्F कृष्णकुमार खनालले बताए। यसअघि, शुक्रवार पनि सय थान मास्क र सेनिटाइजर सोही ठाउँमा वितरण गरिएको उनले बताए।
    कार्यक्रममा समाजसँग आबद्ध धु्रव अधिकारी, दीपक साह कानू, उर्मिला साह, अङ्कित जलान, राजु साह, अमीर खड्गी, प्रह्लाद सिंह थापालगायतले सहयोग गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।