प्रस, वीरगंज, २९ कात्तिक/
पर्सा जिल्लामा नारायणी अस्पतालबाट मात्रै फाइजर खोप लगाउने कार्य भइरहेको छ ।
स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले कात्तिक २८ देखि मङ्सिर ३ गतेसम्म नारायणी अस्पतालबाट फाइजर खोप दिने व्यवस्था गरिएको बताए । उनले फाइजर खोपको पहिलो मात्रा १२ वर्षमाथिका बालबालिकाहरूका साथै मुटु, मिर्गौला, अङ्ग प्रत्यारोपणसहित १५ थरी असाध्य रोगीहरूलाई उपलब्ध हुने बताए ।
फाइजर खोपको पहिलो मात्रा पर्सामा १५ सयजनाको लागि आएको र सो उमेर समूहसहितका रोगीहरूलाई उपलब्ध रहेको बताए ।