वाशिङ्टन, कात्तिक २९/एपी
हाल द्वीपक्षीय सम्बन्ध चिसिंदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रप्रमुखबीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ बिन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन् । तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्नेबारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन् ।
असल परराष्ट्र नीति र बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट शुरू हुन्छ भन्ने बाइडेनको ह्दयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षी सीसँगको सम्बन्ध कायम राखेको बताइएको छ । दुईजना नेताले सोमवार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका–चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीतिज्ञ छवि कसरी प्रस्तुत हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ ।
“जब अमेरिका–चीन सम्बन्धको कुरा आउँछ, यसका बीचमा खाडल यति ठूला छन् र प्रवृत्तिगत रेखा यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पर्गेल्न सक्छ चासोको विषय छ,” म्याथ्यू गुडम्यान जो राष्ट्रिय सुरक्षा परिषद्मा एसिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासनमा काम गरेका थिए, उनको टिप्पणी हो । हाल द्विदेशीय सम्बन्ध चीसो हुँदै गएको आभास भइरहेको छ ।
यद्यपि ती पुराना साथी अहिले देशको प्रमुख कार्यकारी भएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले सोमवारको भर्चुअल बैठकको लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महŒवका घोषणा अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेताद्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुन सक्ने सम्भावना छ । रासस