नयाँ दिल्ली, २८ कात्तिक/सिन्ह्वा

भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएको जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यस क्रममा अरू केही प्रहरी घाइते भएका छन् ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । भिडन्तका क्रममा मारिएका २६ नक्सलवादीको शव प्रहरीले फेला पारेको जनाएको छ । कतिपय विद्रोही भागेका र अरू केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरू लुकेर बसेको सूचना पाएर प्रहरी त्यहFँ पुगेको बताइएको छ ।

उक्त जङ्गलमा प्रहरीले केहीअघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यस क्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालवादीबीच भिडन्त भएको थियो । उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सलीहरूले आक्रमण शुरू गरेको बताइएको छ । प्रहरीले नक्सलीहरूले प्रयोग गरेका हतियार पनि बरामद गरेको जनाएको छ ।

नक्सलवादीहरू भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रहिआएका छन् । ती क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here