धर्मेन्द्र चौरसिया, पोखरिया, २३ कात्तिक/

पोखरियामा एक दिने कुश्ती प्रतियोगिता हेर्न ठूलो परिमाणमा मानिसको भीड लागेको छ।

निलम्बित सांसद हरिनारायण रौनियारले छठपूजाको अवसरमा आयोजना गरेको कुश्ती प्रतियोगितामा नेपाल–भारतका चर्चित पहलमानका साथै महिला पहलमान पनि सहभागी भएकाले ठूलो सङ्ख्यामा दर्शकहरूको भीड बढेको थियो।

कुश्ती प्रतियोगिताको कृषिमन्त्री महेन्द्रराय यादवले उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य करीमा बेगम, मन्जुर आलम, वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगी, पोखरियाका उपप्रमुख सलमा खातुन, गापा प्रमुख विजय चौरसियालगायतको सहभागिता थियो।

जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालयमा आयोजित कुश्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलमानहरू देवा थापा, पारस थापा, वसन्त थापा, महावीर थापा, कावा चिता, सोनु पहलमान, बबलु पहलमान, नरेश पहलमान, महम्मद गनी, ठाकुर जल्लाद सिंह, केशवदास बैरागी र महिला पहलमानहरू नम्रता, मधुलगायतको सहभागिता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here