प्रस, वीरगंज, २१ कात्तिक/

नेपाली काङ्ग्रेस, पर्साका सभापति अजय द्विवेदीले छठ पर्वले सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने बताएका छन्।

नेका वीरगंज महानगर–२० एकाइ कमिटीद्वारा छठको अवसरमा आयोजना गरिएको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सभापति द्विवेदीले सूर्य उपासना परम्पराको मोह पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ भनी बताए। उनले छठ पर्व हिन्दूहरूको महान् पर्व भनिए पनि नेपालमा मुस्लिम समुदायले पनि यो पर्व गर्ने गरेको बताउँदै पछिल्लो समयमा तराईको महान् पर्व छठ देशभरि सबै समुदायले मनाउन लागेको र यसले अन्तजार्तीय सम्बन्ध विस्तार भएको बताए।

नेका वडा एकाइ कमिटी हरपतगंजका सभापति हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, संविधानसभा सदस्य अनिल रूँगटा, नेकाका रामनारायण कुर्मी, श्याम पोखरेल, दिना गुप्ता, प्रकाश उपाध्याय, श्याम पटेल, विजय सर्राफ, महम्मद सहाबुद्दीन, बैकुण्ठ श्रीवास्तव, अरविन्द गुप्ता, दीपेन्द्र चौहान, हुकुम सिंह, जितेन्द्रपुरुष ढकाललगायतको सहभागिता रहेको नेकाका धीरज गुप्ताले बताए। कार्यक्रममा ज्येष्ठ नागरिक र वडाका उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू तथा वडाबाट एमबिबिएस अध्ययनरत र अमेरिकाबाट आइटी पढ्न आएकालाई सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here