मस्को, १४ कात्तिक/सिन्ह्वा
कोरोना भाइरसविरुद्ध हाल विश्वका देशहरूमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितरण प्रणाली व्यवस्थित गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जी–२० का सदस्य राष्ट्रहरूले सुनिश्चितता प्रदान गर्न जोड दिएका छन् ।
उनले भने– सबै देशले कोरोना भाइरसविरुद्ध खोप वितवरणका साथै यसको उपलब्धताबारे पनि सुनिश्चित हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जी–२० को १६ औं सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा चुस्तता नभएकोले यो समस्या भएको बताएका थिए ।
खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जी–२० देशहरूले काम गर्न उनको जोड थियो । साथै उनले यस कार्यमा विश्व स्वास्थ्य सङ्गठनको भूमिका महŒवपूर्ण रहेको भन्दै यसका लागि उक्त सङ्गठनलाई अरू देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताए । रासस