आजकल जिममा वर्कआउट गर्ने चलन बढेको छ । मानिसहरू तन्दुरुस्त रहन धेरै व्यायाम गर्छन्। तर के तपाईंलाई थाहा छ कि बढी व्यायाम गर्नु तपाईंको मुटुको लागि खतरनाक साबित हुन सक्छ । हालै कन्नड सिनेमाका चर्चित अभिनेता पुनीत राजकुमारको ह्दयघातका कारण निधन भएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकले दुई घण्टा जिममा वर्कआउट गरेपछि छातीमा दुखाइ भएको बताए । यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ केही समयपछि उनको मृत्यु भएको थियो । यो घटनापछि जिममा वर्कआउट गर्ने सम्बन्धमा प्रश्न उठेका छन् । जिममा कति वर्कआउट शरीरको लागि राम्रो हुन्छ ? यसबारे स्वास्थ्यविज्ञहरू के भन्छन् ? जानौं।
तपाईं सबैलाई थाहा छ कि व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ । तर चाहिनेभन्दा बढी गर्नाले तपाईंको मुटुको लागि घातक साबित हुन सक्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार जिममा तीव्र कसरत गर्नु र भारी भारोत्तोलन गर्नु खतरनाक हुन सक्छ ।
विज्ञहरूका अनुसार २० देखि २५ वर्षअघिसम्म ३० वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिमा छ महीनामा एकपटक ह्दयघात हुने गरेको थियो । तर अहिले हरेक हप्ता यस्तो घटना सार्वजनिक हुने गरेका छन् ।
मुटुविज्ञहरूका अनुसार व्यायामको राम्रो र नराम्रो दुवै तरीकाले साइड इफेक्ट हुन सक्छ । यो कसरत गर्ने तरीकामा भर पर्छ । जसका कारण युवाहरूमा ह्दयघातको समस्या पनि बढ्दै गएको छ ।
चिकित्सकहरूका अनुसार शरीरलाई फिट राख्न सामान्य व्यायाम गर्नुपर्छ । गम्भीर व्यायाम शरीरको लागि खतरनाक साबित हुन सक्छ । व्यायाम गर्ने सही तरीका यी हुन् ।
छदेखि १० मिनेटको लागि वार्मअप गर्नुहोस् । स्वास्थ्यलाई ठीक राख्न २० देखि ३० मिनेटको कसरत गर्न सक्नुहुन्छ । यसपछि शरीरलाई चीसो हुन ५ देखि १० मिनेट दिनुहोस् ।