प्रस, जीतपुर, १४ कात्तिक/
जीतपुरका समाजसेवी प्रकाश गिरीले जीतपुरमा सार्वजनिक विकास विस्तार अन्तर्गत शौचालय निर्माण शुरू गराएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा २१ लाख रुपैयाँको लागतमा आधुनिक शौचालयको निर्माण कार्य आइतवारबाट शुरू भएको हो ।
शौचालय निर्माण समितिका अध्यक्ष्F प्रकाश गिरीले आर्थिक कारणबाट निर्माण कार्य अवरुद्ध नहुने र तोकिएको समयमा सम्पन्न हुने बताए । उनले जीतपुरमा अहिलेसम्म आधुनिक शौचालयको निर्माण हुन नसकेकोमा दुःख व्यक्त गरे ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले सार्वजनिक शौचालय निर्माण भइरहेकोमा खुशी व्यक्त गरे । उनले वडाध्यक्ष रामबाबू गुप्ताको सहयोगमा शौचालय निर्माण भएको भन्दै जीतपुरवासीको लागि सुखद समाचार भएको टिप्पणी गरे ।