प्रस, परवानीपुर, १२ कात्तिक/

गणेश बचत तथा ऋण सहकारी संस्थाको शुक्रवार भवन उद्घाटन भएको छ । प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले आज भवनको उद्घाटन गरेका हुन् ।

सहकारीका अध्यक्ष अशोककुमार टेमानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोध गुप्ता, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय अनिल अग्रवाल, माधव राजपाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष रामचन्द्र पडित, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठ, वीउवासङ्घका पूर्वअध्यक्ष अशोक बैद, प्रदीप केडियालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here